Feminist Memory Project – Phase 2 Archival Research Fellowships

 

Feminist Memory Project - Phase II - Call for Applications

फेमिनिस्ट मेमोरी प्रोजेक्ट 
दोश्रो चरणको अभिलेखीय अनुसन्धान फेलोशिप
आवेदनको लागि आह्वान

फेमिनिस्ट मेमोरी प्रोजेक्टको दोश्रो चरणको अभिलेखीय अनुसन्धान फेलोशिपमा आवेदनका लागि नेपाल पिक्चर लाइब्रेरी (एनपिएल) आह्वान गर्दछ । यो आवेदन काठमाडौँ उपत्यका बाहिरका इच्छुक व्यक्तिका लागि खुला रहेको छ । हामी मौखिक इतिहास तयार तथा अभिलेख गर्न, यस फेमिनिस्ट आर्काइभमा राख्नका लागि दस्तावेज तथा तस्वीर संकलन गर्न र आफ्नो स्थानीय क्षेत्रबाट महिलावादको गहन इतिहास बाहिर ल्याउन सक्ने आवेदकको खोजीमा छौँ ।

आवश्यकता:

  • सबै आवेदक उपत्यका बाहिर बसोबास गर्ने हुनुपर्दछ ।
  • कोभिड-१९ संक्रमण कम गर्न पूर्ण सावधानी अपनाउँदै अनुसन्धानका लागि आफ्नै क्षेत्र वरिपरिका ठाउँ जान आवेदक इच्छुक हुनुपर्दछ । सबै नियुक्त शोधकर्तालाई कोभिड-१९ को बिमा गराइनेछ । आफ्नो व्यक्तिगत तथा आफूले काम गरिरहेको समुदायको सुरक्षाका लागि तयार गर्न एनपिएल अनुसन्धातासँग निकटताका साथ काम गर्नेछ ।
  • आवेदकसँग आफू रहेको स्थानको तथा नजिकका क्षेत्रको राम्रो ज्ञान तथा सम्पर्क सञ्जाल हुनुपर्दछ ।
  • आवेदकसँग फोटो, पोस्टर, प्रिन्टमेकिङ्ग, चित्रकला, आदि जस्ता दृश्यकला, मौखिक इतिहास तथा जन-इतिहाससम्बन्धि अनुभव अथवा रूचि हुनुपर्दछ ।
  • आवेदकसँग अनिवार्य रूपमा आवाज रेकर्ड गर्ने यन्त्र हुनुपर्छ वा सो सामग्री (राम्रो गुणस्तरमा आवाज रेकर्ड गर्ने स्मार्टफोन, कुनै रेकर्ड गर्ने यन्त्र, माइक्रोफोन, आदि) प्रबन्ध गर्न सक्ने पहुँच हुनुपर्दछ ।
  • मधेशी क्षेत्रमा केन्द्रित तथा आफुलाई महिला पहिचान गर्नुहुने आवेदकलाई उच्च प्राथमिकता दिइनेछ ।
  • राम्रो इन्टरनेट सम्पर्कको सुविधा हुनुपर्दछ । नियुक्त शोधकर्ताहरूलाई थप मोबाइल डाटा प्याक पनि उपलब्ध गराइनेछ ।

शोधकर्ताहरूले आफुले प्राप्त गरेको अनुदानबाट स्थानीय यात्रा तथा अन्य खर्चको व्यवस्था गर्नुपर्ने हुन्छ । कोभिड-१९ को संक्रमण भएको वा अन्य केही भइपरी आएको खण्डमा अपेक्षित नतिजाबारे छलफल गरेर त्यसमा पुन: काम गर्न सकिन्छ ।

यस फेलोशिपको अनुसन्धानमा एनपिएल रिसर्च टिमले सहायता गर्नेछ । सम्बन्धित क्षेत्रमा गएर काम गर्नु भन्दा अगाडि परियोजनाबारे छलफल गर्न सर्वप्रथम एक ओरिएन्टेसन सेमिनार आयोजना हुनेछ । सो सेमिनार असोज ४ देखि ५ गते सम्म हुनेछ र सबै सहभागी शोधकर्ताहरू यसमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । यसका साथै साप्ताहिक रूपमा मिटिंग पनि हुनेछन् ।

यसमा क-कसले आवेदन दिन सक्छन् त ? तल लेखिएका मध्ये जो कोहीले पनि यसमा आवेदन दिन सक्नुहुन्छ तर योग्यता यतिमा मात्र सिमित भने छैन ।

  • स्थानीय पत्रकार
  • सामुदायिक कार्यकर्ता
  • शिक्षक
  • लेखक
  • समाज शास्त्री
  • सर्वेक्षक

आवश्यक दक्षता :

  • संचार तथा समन्वय गर्ने कुशलता
  • अन्तर्वार्ता लिने क्षमता

रिसर्च फेलोशिप समयक्रम :

  • आवेदन भर्ने अन्तिम मिति : भदौ २७, २०७७
  • नियुक्ति घोषणा : असोज ६ , २०७७
  • ओरिएन्टेशन सेमिनार (जुम मार्फत) : असोज १३ – १५ , २०७७ (११ देखि ४ बजेसम्म)
  • रिसर्च अवधि : असोज १३ देखि १४ पुष , २०७७
  • साप्ताहिक अपडेट मिटिंग – हरेक सोमवार

इच्छुक व्यक्तिले आफ्नो बायो डाटा (रेजुमे) र आवेदन पत्र mail@nepalpicturelibrary.org मा भदौ २७ गते भित्रमा पठाउन सक्नुहुन्छ । इमेलको विषय “FMP Fellowship Application” राखेर पठाउनु होला । तपाईंले आफ्नो क्षेत्रमा देख्नुभएको अभिलेखन वा संकलन गर्न मिल्ने विषय पनि आफ्नो आवेदन पत्रमा समावेश गर्नुहोला ।

 

—————————————————————————————————————————-

 

Call for Applications

Nepal Picture Library (NPL) calls for applications for archival research fellowships for the second phase of the Feminist Memory Project. We are looking for applicants who are based outside Kathmandu Valley and can produce, record and create oral histories, collect documents and photographs to add to the feminist archive, and focus on producing deep histories from their local area.

Requirements:

  • All candidates have to be based outside Kathmandu 
  • Candidates must be willing to travel around in their own areas for research, taking full COVID-19 precautions. All research fellows will be provided with Covid-19 insurance coverage. NPL will work closely with grantees to best prepare them for personal safety as well as the safety of the communities they are interacting with. 
  • Should have a wide knowledge and network of local and surrounding region/s they are based in 
  • Experience or interest in working with visual material, oral history, and public history 
  • Must be able to arrange or have access to their own sound recording device (a smartphone with good audio recording, any other recording device, microphone, etc)
  • High preference will be given to candidates who identify as women and are based in Madhesh 
  • Must have a consistently strong internet connection. Research fellows will be provided with extra mobile data packs.

Research fellows should cover local travel and other expenses by the grant they receive. In the case of COVID-19 infection or any other unavoidable circumstance, grant deliverables can be discussed and reworked.

Fellowship will include research support from the NPL research team, which will begin with an orientation seminar to discuss the project before beginning the fieldwork. The seminar will take place from 20-21 September and must be attended by all participating fellows. Weekly meetings will also be organized.  

Who is eligible to apply? Eligibility for the fellowship includes but not limited to:

  • Local journalists
  • Community workers
  • Teachers
  • Writers
  • Social scientists
  • Surveyors

Skills that we are looking for:

  • Strong communication skills
  •  Interview skills

Research Fellowship Timeline: 

  • Application deadline: 12 September 2020
  • Selection announcement: 22 September 2020
  • Orientation seminar (via zoom): 29th September – 1st October 2020 (11am – 4pm)
  • Research period: 29 September 2020 to 29 December 2020
  • Weekly update meetings every Monday

Interested candidates should send a resume and letter of interest to mail@nepalpicturelibrary.org by 12 September 2020. Please write “FMP Fellowship Application” in the subject of your email. In the letter of interest, please mention potential archives/collections in your locality that you see possible to put together.